कैलालीको घोडाघोडीमा स्थानियद्धारा औजार नियन्त्रणमा, वैज्ञानिक वन स्थगित

वैज्ञानिक वन
Ad
  • Kalopati

धनगढी, जेठ १२ ।
कैलालीको घोडाघोडी नगरपालिकामा वैज्ञानिक वन आमान्य भएको भन्दै स्थानियले हातियार कब्जा गरेका छन् । स्थानियले वन कटानिमा प्रयोग गरीने औजार नियन्त्रणमा लिएसंगै वैज्ञानिक वन स्थगित भएको छ । नगरपालिकाको वडा नं. १२ मा घोराही सामुदायीक वन उपभोक्ता समितीले आफुहरुको विरोधलाई नजरअन्दाज गर्दै वैज्ञानिक वनको नाममा जंगल मास्ने काम गरेको भन्दै स्थानियले हतियार खोसेका हुन् ।

बारम्बार आफुहरुले वैज्ञानिक वनको विरोध गर्दै आएको भएतापनि आफ्नो व्यक्तिगत स्वार्थका लागि केहि दलालहरुले वन मास्ने गरि अनियत्रित फँडानी गरेको स्थानियले बताएका छन् । उनिहरुले वैज्ञानिक वनको नीति भन्ने र उपभोक्ता समितिकै केहि व्यक्ति र व्यापारीहरु मोटाउने गरि आर्थिक चलखेल गरेको आरोप लगाएका छन् । पटक पटक वैज्ञानिक वनको नाममा भएको अनियन्त्रित फँडानि रोक्न आग्रह गर्दापनि आफुहरुको आवाजलाई बेवास्ता गरेपछि वन फडानिका लागि प्रयोग गरीने हतियार खोस्न बाध्य भएको बताएका छन् ।

यसभन्दा अगाडी पनि उक्त सामुदायिक वनमा निरिक्षणका लागि तातो बसहको टिम पुग्दा लकडाउनकै समयमा अनियन्त्रित र वैज्ञानिक वनको मापदण्ड विपरित रहेर वन फँडानि गरेको भेटिएको थियो । स्थानियले विरोध गर्दापनि एकलौटी ढंगबाट वन विनाश भएपछि स्थानियले हतियार खोस्दा अहिले वैज्ञानिक वनको नाममा भएको अनियन्त्रित फँडानि रोकिएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: