डोटीमा मिनि ट्रक दुर्घटनाः चार जना घाइते, दुईको अवस्था गम्भिर

मिनि ट्रक
Ad
  • Kalopati

डोटी, जेठ ८ ।
डोटीको मिनि ट्रक दुर्घटनमा परि चार जना गम्भीर घाईते भएका छन्। जिल्लाको बोगटान गाउँपालिका वडा नम्बर ७ मा निर्माणाधिन मौरासेन सेती हाईड्रो पावरका कामदार ल्याएर आउदै गर्दा बा २ क २७३९ नम्बरको मीनीट्रक दुर्घटनामा परेको हो ।

घाईते हुनेमा निर्माण व्यवसायी समेत रहेका बाँकेको राजापुर २ का ५० वर्षीय शान्त मल्ल, भारतको हससोलका ५५ वर्षीय किशोर सिह, बाँकेको गुरुवा गाउँपालिका ५ बयलपुरका चालक ३० वर्षीय रमाल वाया र रामेछाप लिखु गाउँपालिका ६ का १९ वर्षीय भोजनारायण श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय डाटीले जनाएको छ ।

घाइतेमध्ये मल्लको दाहिने खुट्टा भाचिएको छ भने छातीमा गम्भीर चोट लागेको छ। यस्तै भारतका सिहको बाया खुट्टा, टाउको र छातीमा चोट लागेको छ।

घाईते भएकाहरुको डोटीको स्थानीय मेडिकलमा उपचार भईरहेको छ भने गम्भीर दुईजनालाई थप उपचारका लागि अन्यत्र लगिने तयारी भएको जिल्ला प्रहरी कार्यालय डोटीने जानकारी दिएको छ

Ad

RELATED POSTS

YOUR FEEDBACK: