अनियन्त्रित फँडानि वैज्ञानिक वनको मर्म वितरित छ, तस्कर र बनमाफियाको उक्त स्वभाव मान्य हुने छैनः सांसद जोशि

महेश दत्त जोशि
Ad
  • Kalopati

धनगढी, जेठ ८ ।
वैज्ञानिक वनको नीति नयाँ हैन पुरानै हो तर जुन व्यक्तिगत स्वार्थका लागि भएको छ त्यो नीति विपरित रहेको सुदूरपश्चिम प्रदेश सभा सदस्य नेपाल कम्युनिष्ट पार्टिका नेता एवं अर्थविकास तथा प्राकृतिक स्रोत व्यवस्थापन संसदिय समितिको सदस्य महेश दत्त जोशिले बताउनुभयो । कालोपाटीमा बोल्दै सांसद जोशिले अवैधानिक रुपमा समिति गठन गर्ने र आन्तरिक मिलेमतोमा अनियन्त्रित वन फँडानि र काठहरुको दुरुपयोग गर्ने गतिविधिलाई रोक्नका लागि पहल गर्ने बताउनुभयो ।

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमका विषयमा बोल्दै सांसद जोशिले वर्तमान सरकारले वैज्ञानिक वन भनेर नीति निर्माण नगरेको तर वनजंगलको संरक्षणका लागि दिगो वन कार्यक्रमको नीति अगाडी सारेका बताउनुभयो । दिगो वन कार्यक्रम जंगल मास्ने भन्दापनि भएका वनजंगल कसरी बचाउने भन्ने कुरामा केन्द्रित हुन्छ । जाशिले भन्नुभयो, जथाभावि र अनियन्त्रित रुपमा रुख काट्ने कुरा वैज्ञानिक वनको मर्म विपरित छ । तर वनजंगलमा भएका विकास वृद्धि नहुने र त्यसबाट फाइदा नहुने रुखहरुको पहिचान गरि काट्नुपर्छ र भएका अन्य रुखको संरक्षण गर्नुपर्छ ।

हाम्रो समितिमा आएको उजुरीहरुको सतहमा गएर अनुगमन गर्ने र त्यसप्रति पहल गनेछौँ । जोशिले भन्नुभयो, सुदूरपश्चिमको झण्डै ६० प्रतिशत भुभाग वनजंगलले ओगटेको छ । जनताको रोजगारी, जिविको र आयआर्जनलाई प्राथामिकतामा दिदै वनजंगलको संरक्षणलाई नजरअन्दाज गर्नु हुँदैन । प्रदेश सरकारले वनजंगलको संरक्षणका साथै वनजंगलको संरक्षण र नीतिमाथि नै टेकेर जनताको आर्यआर्जन र जिविको अनुकुल रणनीति निर्माण गर्नुपर्छ , सांसद जोशिले भन्नुभयो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: