डडेल्धुराका तीस वटा यूनिटमा सुचना प्रवाहका लागि ३० थान मोवाईल सेट वितरण

मोबाइल
Ad
  • Kalopati

डडेल्धुरा, जेठ ६ ।
डडेल्धुराका तीस वटा यूनिटमा सुचना प्रवाहका लागि ३० थान मोवाईल सेट वितरण गरिएको छ । एकिकृत विकास समाजको पहलमा आपतकालिन सुचना प्रवाहमा सहज होस् भन्दै मोबाइल सेट वितरण गरिएको हो ।

एकिकृत विकास समाज डडेल्धुराले विभिन्न दातृ निकाय संगको साझेदारी एव यसमा कार्यरत कर्मचारी हरुको सहयोगमा विश्व महमारीका रुपमा फैलिएको कोभिड १९ का कारण लगडाउनको अवस्थमा डडेल्धुरा जिल्लामा का विभिन्न स्थानीय निकाय हरु संगको समन्वय तथा सहकार्यमा अति विपन्न वर्गहरुलाई खाद्यन्न तथा सरसफाई लगायतका सामाग्रीहरु सहयोग गर्दे आईरहेको छ ।

यसै सन्र्दभमा एकिकृत विकास समाजको साझेदार मसिंकोरको एमरेड परियोजनाले म्भ्इऋ को सिफारिसमा जिल्ला प्रहरी कार्यालयले आपतकालिन सुचना प्रवाहका लागि जिल्ला भरी स्थापना गरेका ३० वटा यूनिट हरुमा सुचना प्रवाहका लागि शनिवारका दिन ३०(तीस) थान मोवाईल सेट जिल्ला प्रहरी कार्यालयका डिएसपि दधिराम न्यौपाने लाई हस्तान्तरण गरेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: