लकडाउनमा भारतमै रोकिए बैतडीका ४ किरियापुत्री, क्वारेन्टाइनमै किरिया गर्न बाध्य

किरिया
Ad
  • Kalopati

बैतडी, जेठ ६ ।
लकडाउनका कारण नाका बन्द हुँदा गएको ५ दिनदेखि बैतडीका ४ जना भारतमै किरिया गर्न बाध्य भएका छन् । बैतडीको सुर्नया गाउाँपालिका ३ का राजेन्द्र प्रसाद भट्ट र तारा भट्टका बुवा देव दत्त भट्टको गत वैशाख ३१ गते निधन भएको थियो । भारतमा मजदुरी गर्दै आएका उहाँ दुबैजना नाका बन्द हुँदा भारतको झुलाघाटमै किरिया गर्न बाध्य भएका छन् ।

यस्तै पुर्चौडी नगरपालिका ७ का ठगी साँउदकी आमा भुरी साँउदको पनि यही जेठ १ गते मृत्यु भएको भएपनि नाका सिल हुँदा ठगी झुलाघाटमै किरिया गरिरहेका छन् । यसका साथै सिगास गाउँपालिका ९ का कृष्ण सिंह धामीकी श्रीमती कलावती धामी गत वैशाख ३० गते बितेकी भएपनि कृष्णले पनि स्वदेश फर्कन पाएका छैनन् । उनीहरुले आफूहरुलाई स्वदेश फिर्ताको लागि सम्बन्धित सबैलाई आग्रह गरेका छन् । उनीहरुले झुलाघाटस्थित जिआइसी क्वारेन्टाइनमा किरिया गरिरहेका छन् ।

यता बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भने उनीहरुलाई नेपालको तर्फबाट आफूहरु स्वदेश भित्र्याउन तयार रहेको बताए । नेपाल सरकारबाट किरीयापुत्रीको उद्धारका लागि आदेश आएको भएपनि भारतीय पक्षले ढिलाई गरिरहेको छ । उनले भने ‘हामीले पिथौरागढको डिएम साबलाई ४ दिन अगाडी नै पत्र काटिसकेका छौं, भारतीय पक्ष सहमत हुँदा नाका खोली उनीहरुलाई स्वदेश भित्र्याउछौं ।’
यसअघि लकडाउनकै बेला वैशाख १० गतेपनि बैतडीका ३ किरियापुत्रीको झुलाघाट नाकाबाट उद्धार गरिएको थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: