आरडिटी पोजेटिभ देखिएका बैतडीको डिलाशैनिका ५० वर्षीय पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ

नेगेटिभ
Ad
  • Kalopati

बैतडी, जेठ ४ ।
बैतडीका एक पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । धनगढीको सेति प्रादेशिक अस्पतालमा स्वाब परीक्षण गर्दा डिलाशैनिका ५० वर्षीय पुरुषको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगश प्रशाद भट्टले जानकारिदिनुभएको छ । आरडीटी रिपोर्ट  पोजिटिभ आएका उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभएको छ ।

भारतबाट फर्किएर डिलाशैनि गाउँपालिका वडा नं १ अन्तगतको सरस्वती मावि नानाराको क्वारेन्टाइनमा बसेका ति पुरुषको गत बिहीबार आरडीटी गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । कोरोना भाइरस आशंकामा उनकोे स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइएको थियो। रिपोर्टमा कोरोना नदेखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताउनुभएको छ ।

उनको पीसीआर रिपोर्ट नेगेटिभ आएकाले डिस्चार्ज गरिन लागेको जिल्ला अस्पताल बैतडी ले जनाएको छ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: