पशुपतिनाथ मन्दिरमा अब फोटो–भिडियो खिच्न नपाइने, जबरजस्ती गरेमा क्यामेराजन्य बस्तुहरु जफत गरिने

Ad
  • Kalopati

काठमाडौं । देशकै प्रमुख शक्तिपिठका रुपमा रहेको पशुपतिनाथको मन्दिरमा फोटो भिडिओ खिच्न प्रतिबन्ध लगाइने भएको छ । मन्दिर जानेहरुमध्ये धेरैजसोको उद्देश्य फोटो खिच्ने, टिकटक बनाउने र सामाजिक सञ्जालमा पोष्ट गर्ने प्रवृत्ति बढेपछि पशुपति क्षेत्र विकास कोषले फोटो र भिडियो खिच्न निषेध गरेको हो ।

सोमबार पशुपति क्षेत्र विकास कोषले एक पत्र जारी गर्दै अबदेखि पशुपति मन्दिर परिसरमा फोटो–भिडियो खिच्न प्रतिबन्ध गरिने जनाएको छ । विकास कोषका अनुसार दर्शनार्थी तथा तीर्थयात्रीहरूले अटेर गरी भिडियो वा फोटो खिचेको पाइएमा क्यामेराजन्य बस्तुहरु जफत गरिने उक्त पत्रमा भनिएको छ ।

हेर्नुहोस् कोषले जारी गरेको सूचनामा यस्तो उल्लेख गरिएको छ..

Ad

RELATED POSTS

YOUR FEEDBACK: