सोमबार १७ दशमलव ६८ अंकले घट्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

Ad
  • Kalopati

काठमाडौं । सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १७ दशमलव ६८ अंकले घटेर २१०६ दशमलव १५ बिन्दुमा पुगेको हो । कुल २१४ कम्पनीको ६५ लाख २७ हजार ४ सय १४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८५ करोड ७० लाख ७२ हजार माथिको सेयर कारोबार भएको छ ।

यस्तै सोमबार सेयर बजारमा जानकी फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको हो । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २० करोड ७१ लाख ६८ हजार ९ सय ३५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: