‘सरकारसँगै विधि र प्रक्रिया फेरिँदा नीतिगत अस्थिरता सिर्जना भयो’ : महामन्त्री शर्मा

Ad
  • Kalopati

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार परिवर्तनसँगै विधि र प्रक्रिया फेरिने प्रवृत्तिले मुलुकमा नीतिगत अस्थिरता सिर्जना हुने गरेको बताएका छन् । डेमोक्रेटिक लयर्स एसोसिएसन, झापाले आइतबार चन्द्रगढीमा आयोजना गरेको ‘मुलुकको समसामयिक परिस्थिति’ विषयक अन्तरक्रियामा महामन्त्री शर्माले भने,राजनीतिले विधि र प्रक्रिया निर्माण गरिदिने हो, सरकार फेरिएसँगै विधि र प्रक्रिया फेरिने प्रवृत्तिले नीतिगत अस्थिरताका कारण विदेशी हस्तक्षेप बढ्ने गरेको छ ।

यस्तो प्रवृत्ति अन्त्य गरेर नेपालीले जित्ने अवसर निर्माणको खाँचो रहेको पनि उनले बताएका छन् । आन्तरिक आम्दानीले मात्र मुलुकमा विकासका ठूला आयोजना सञ्चालन गर्न नसकिने बताउँदै महामन्त्री शर्माले वैदेशिक सहयोग लिने क्रममा अमेरिकी आर्थिक सहयोग भित्रिएको उल्लेख गरे ।

‘मान्छेको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदलेर बिजुली बेच्ने देश बनाउन एमसिसी स्वीकार गरिएको हो, उनले भने, अमेरिका र चीनको अन्तरद्वन्द्वलाई पक्ष–विपक्ष बनाउन चाहनेले एमसिसीमाथि नकारात्मक भावना भ्रमका रूपमा फैलाइरहेका छन् ।’

मुलुकले तीव्र विकासको मार्गमा अघि बढ्न नसक्नुको कारण राजनीतिज्ञ सर्वज्ञाता बन्ने प्रवृत्ति रहेको उनको भनाइ थियो । विकास आयोजनाको वास्तविकता नबुझी दलका नेतृत्व लिएका नेताहरूले सबै थोक बुझेको शैलीमा काम गर्दा विकास परियोजना अलपत्र पर्ने गरेको पनि उनले बताए । देशको प्रगतिका लागि कम्तीमा १५ वर्षे योजना बनाएर काम गर्न सके मात्र मुलुक अर्काको सहयोगमा चल्नु अवस्थाको अन्त्य हुने विश्वास उनले व्यक्त गरे ।-RSS

Ad

RELATED POSTS

YOUR FEEDBACK: