हेटौंडामा चार सवारीसाधन एक आपसमा ठोक्किँदा विद्यार्थीसहित एक दर्जनभन्दा बढी घाइते

Ad
  • Kalopati

हेटौंडा । मकवानपुरमा स्कुल बससहित ४ सवारीसाधन एक आपसमा ठोक्किँदा विद्यार्थीहरूसहित एक दर्जनभन्दा बढी घाइते भएका छन् । सोमबार बिहान ९:०५ बजे हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्गमा  स्कुल बस, ट्रक, ट्यांकर, कार र लरी दुर्घटनामा परेको हो ।  सुरुमा कार र ट्याङ्कर ठोक्किएर दुर्घटना भएको र त्यसपछि नजिकै रहेका ट्रक र स्कुल बस ठोक्किएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार घाइते मध्ये केही हेटौंडाको रिलायन्स स्कुलका विद्यार्थी पनि रहेका छन् । उनले भने, ‘४ वटा सवारी ठोक्किएका छन् । जसमा स्कुल बस, ट्रक, ट्यांकर र  कार  दुर्घटनामा परेका हुन् । बस र ट्रक हेटौंडातर्फ आउँदै थियो । ट्यांकर विपरीत दिशामा जाँदै थियो, त्यही बेला दुर्घटना भएको हो । १५ जना सामान्य घाइते भएका छन् । मानवीय क्षति भएको छैन, दुर्घटनामा घाइते भएका बालबालिका भने त्रसित भएका छन् ।’

दुर्घटनामा घाइते भएकाहरुलाई हेटौंडा अस्पतालमा लगिएको छ । साढे ९ बजेतिर सवारीहरु एकाआपसमा ठोक्किएको र उद्दार कार्य जारी रहेको प्रहरी प्रवक्ता कार्कीले बताए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: