डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेसका उम्मेदवार भैरवबहादुर साउद २ हजार ३ सय ४३ मत ल्याएर विजयी

Ad
  • Kalopati

डोटी । डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नौवटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो । निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका अनुसार कांग्रेसबाट गाउँपालिका अध्यक्षकाका उम्मेदवार भैरवबहादुर साउदले २,३४३ मत प्राप्त गरी विजयी भएका छन् । । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का चक्रबहादुर घर्तीले एक हजार ६८४ मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा कांग्रेसकै डम्मरीकुमारी विष्ट कलेलले दुई हजार ४०७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी सपना सिराडीले दुई हजार २७६ मत प्राप्त गरेका छन् । गठबन्धन दलका तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीका भक्तबहादुर साउदले एक हजार ४७१ मत प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट उपाध्यक्षको उम्मेदवार बन्नुभएकी नेकपा माओवादी केन्द्रकी देवीसरा घर्तीले ८३२ मत प्राप्त गरेका छन् ।

यसैगरी वडा नं १ बाट वडाध्यक्षमा नेपाली कांग्रेसका डबलबहादुर बोहरा, वडा नं ३ बाट कांग्रेसकै रामबहादुर गुरुङ, वडा नं २ बाट नेकपा माओवादी केन्द्रका प्रेमबहादुर घर्तीमगर, वडा नं ४ बाट नेकपा एमालेका कर्णबहादुर जेठारा, वडा नं ५ बाट एमालेकै पदमसिंह बोहरा विजयी भएका छन् । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: