११ पालिकाको अन्तिम नतिजा सार्वजनिक, एमालेले ५ वटा जित्दा तीन पार्टीले जिते ६ अध्यक्ष

nirwachan
Ad
  • Kalopati

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ११ स्थानीय तहको प्रमुखको टुंगो लागेको सार्वजनिक भएको छ । निर्विरोध र निर्वाचित गरी नेकपा एमालेले ५ स्थानीय तहको प्रमुख जितेको हो । नेपाली काँग्रेसले ३ स्थानीय तहमा प्रमुख जितेको छ भने नेकपा एसले डोल्पाका २ गाउँपालिकामा निर्विरोध प्रमुख जितेको छ ।

त्यस्तै माओवादी केन्द्रले डोल्पाको एक गाउँपालिकामा जित निकालेर खाता खोलेको छ । अहिलेसम्म एमालेले जितेका पालिका प्रमुखमा मुस्ताङका २, मनाङका २ र डोल्पाका एक छन् । मुस्ताङको लो–घकर दामोदरकुण्ड गाउपालिका र वारागुङ मुक्ति क्षेत्र तथा मनाङका मनाङ डिस्याङ र चामे गाउपालिका रहेका छन् । त्यसैगरी डोल्पाको शेफोक्सुण्डो गाउँपालिकामा पनि एमालेले जितेको छ ।

त्यसैगरी काँग्रेसले मनाङको नार्सो र नार्पाभुमि तथा मुस्ताङको घरपझोङ गाउपालिका रहेका छन् । नेकपा एकीकृत समाजवादी डोल्पाको काइके र छार्पा गाउँपालिकामा निर्विरोध भएको छ । त्यसैगरी माओवादी केन्द्रले एक पालिका जितेको छ । जसमा डोल्पाको जगदुल्लाको अध्यक्ष पदमा विजयी भएको छ ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: