काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता यथावत् , सिर्जनालाई स्थापितले उछिने

Ad
  • Kalopati

काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि रहेका छन् । महानगरपालिकाको त्रिपक्षीय भिडन्तमा बालेन शाहलाई कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितले पछ्याइरहेका छन् । पछिल्लो मतगणनाको परिणाम अनुसार बालेन २१३ मतका साथ अग्रस्थानमा भने एमालेका स्थापित १५९ भोट ल्याएर दोस्रो स्थानमा उक्लिएका छन् ।

त्यसैगरि कांग्रसकी सिर्जना १४८ मतका साथ तेस्रोमा स्थानमा रहेकी छिन् । अहिले काठमाडौंको वडा नम्बर १ र वडा नम्बर ३२ को मतगणना भइरहेको छ । वडा नम्बर १ तीनैजना प्रतिस्पर्धी हाराहारीमा छन् । वडा नम्बर ३२ मा भने बालेन प्रतिस्पर्धीहरुभन्दा निकै अगाडि देखिएका छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: