‘एमाले राष्ट्रियताको पहरेदार पाटी हो, अरु अनिश्‍चयबाट ग्रसित र विवश पार्टी हुन्’ : अध्यक्ष ओली

Ad
  • Kalopati

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले मात्रै राष्ट्रियता र राष्ट्रिय अखण्डताको पहरेदार पार्टी रहेको बताएका छन् । आइतबार पार्टी कार्यालयमा स्थानीय तहको निर्वाचनको सन्दर्भमा आज पत्रकार सम्मेलन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।

एमाले बाहेकका अन्य राजनीतिक दल अनिश्‍चयबाट ग्रसित र विवश रहेको ती दलका नेताहरुले नै स्वीकार गरेको अध्यक्ष ओलीले बताएका छन् । ओलीले पत्रकार सम्मेलनमा भने, ‘राष्ट्रिय एकता कमजोर पार्ने र देशभक्तिलाई होच्याउने कुरा एमालेलाई स्वीकार्य छैन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसले सुशासन र विकासको मार्गमा वाधा खडा गरेको आरोप समेत लगाएका छन् । एमालेको नेतृत्वमा मुलुकले विकास र समृद्धिको गती लिइरहेको बेला कांग्रेसले त्यसलाई रोक्न षड्यन्त्र गरेको आरोप लगाएका हुन् । उनले कांग्रेससँग देश विकासका लागि कुनै योजना हिजो नभएको, आज बनाउन नसकेको र भोलि पनि नहुने ठोकुवा समेत गरेका छन् ।

 

 

 

 

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: