निर्वाचनमा खटिएका सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख दिने मन्त्रिपरिषद्को निर्णय

Ad
  • Kalopati

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको  सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । म्यादी प्रहरीका परिवारलाई पनि सो सुविधा दिने निर्णय गरेको छ ।

निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी घाइते भएमा उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह रासन भत्ता दिन गृह मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको गृहमन्त्रीको सचिवालयले जनाएको हो ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: