सप्तरीमा ट्र्याक्टर पल्टिएर युवकको मृत्यु

Ad
  • Kalopati

सप्तरी ।  सप्तरीको बोदेबर्साइन नगरपालिका–७ मानराजामा ट्र्याक्टर पल्टिएर आज एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीयवासी राजीन पौदारका १९ वर्षीय छोरा शिवकुमार पौदार रहेको प्रहरीले जनाएको हो ।

सोही ठाउँको केराबारीमा माटो लिएर फर्किँदै गरेको अवस्थामा प्रदेश २–०१–००१त २००१ नम्बरको ट्र्याक्टर पल्टिएर उनको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी उमेश साहले जानकारी दिए । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: