अन्नपूर्ण केबलकारले ल्यायो विशेष छुट अफर, एसईई दिई बसेका छात्रछात्रालाई ५०% छुट

Ad
  • Kalopati

काठमाडौं । अन्नपूर्ण केबलकारले एसईई दिएर बसेका र नवविवाहिता जोडीका लागि विशेष छुट अफर ल्याएको छ । आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मेहनती हातहरुलाई अझ मेहनती बन्नका लागि ऊर्जा प्रदान गर्दै केही समय भए पनि रमाइलो बनाउने उद्देश्यका साथ उक्त अफर ल्याएको हो ।

भर्खरै एसईई दिई बसेका छात्रछात्रालाई अन्नपूर्ण केबुलकारले केबलकार चढ्दा ५० प्रतिशत छुट प्राप्त गर्ने भएका छन् । यस योजनामा सहभागी हुनका लागि विद्यार्थीले यस वर्ष एसईई परीक्षामा सामेल भएको परीक्षा प्रवेशपत्र अनिवार्य देखाउनुपर्नेछ । यो योजना आउँदो वैशाख ३० सम्म लागू हुने केबलकारले जनाएको छ।

यसैगरी नवविवाहित जोडीका लागि पनि अन्नपूर्ण केबलकारले विशेष अफरको घोषणा गरेको छ। जसअन्तर्गत एउटा टिकटको खरिदमा अर्को एउटा केबलकार टिकट निःशुल्क प्रदान गर्नेछ । यस योजनामा सहभागी हुन नवविवाहित जोडीले विवाह कार्ड अनिवार्य देखाउनु पर्छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: