भरतपुरको सभामा आउन नेता डा. शेखर कोइरालालाई प्रधानमन्त्री देउवाको आग्रह

Ad
  • Kalopati

काठमाडौं । नेता डा. शेखर कोइरालालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरको सभामा आउन आग्रह गरेका छन् ।

बिहीबार बिहान सभापति देउवाले नेता कोइरालालाई फोन गरी भरतपुर आउन आग्रह गरेका हुन् । कोइरालाले ढिलो खबर आएको र आफू पूर्वनिर्धारित कार्यक्रममा विराटनगरमा व्यस्त भएको भन्दै भरतपुर नजाने जवाफ दिएका छन् । सत्ता गठबन्धनले आज भरतपुरमा सभा गर्न लागेको छ । त्यसका लागि प्रधानमन्त्री देउवा र नेता रामचन्द्र पौडेल भरतपुर पुगिसकेका छन् ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: