‘शासकहरुले हचुवाको भरमा लिने नीतिका कारण नेपालको अर्थतन्त्र समस्यामा परेको हो’ : स्वर्णिम वाग्ले

Ad
  • Kalopati

काठमाडौं । अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा। स्वर्णिम वाग्लेले शासकहरुले हचुवाको भरमा लिने नीतिका कारण नेपालको अर्थतन्त्र समस्यामा परेको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार समाज ९सेजन० ले नेपाली अर्थतन्त्रको आगामी दिशा विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा. वाग्लले यस्तो बताएका हुन् ।

नेपालको सार्वजनिक ऋण तथा शोधनान्तर स्थिति नभई शासकीय चरित्र भने श्रीलंकाको जस्तै रहेको उनले बताएका छन । नेपाल र श्रीलंकाबीचमा केही समानता रहेको र त्यो शासकीय स्वरुपसँग बढी सम्बन्धित रहेको बताए । श्रीलंकाले सशस्त्र द्वन्द्व सकिएपछि पूर्वाधारमा अन्धाधुन्ध ऋण लिएको सन्दर्भ निकाल्दै उनले केपी शर्मा ओलीको प्रधानमन्त्री भएका बेला भएका बहसहरु स्मरण गरे ।

सबै पूर्वाधार बनाइहालौं, बनेपछि नाफा भइहाल्छ भन्ने प्रवृत्तिमा बहस भएको स्मरण गर्दै उनले श्रीलंकाले बिना अध्ययन यस्तै गरी विदेशी ऋण लिएर लगानी गरेका कारण आज समस्या आएको उनले उल्लेख गरे । वर्तमान सरकारले पनि हेलिकोप्टर खरिददेखि सुपारी आयात खुला गर्ने सम्मका नीतिप्रति प्रश्न उठ्ने गरेको बताए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: