आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लव भलिबलमा आज ५ खेल हुँदै, महिलातर्फ दुई र पुरुषमा तीन खेलहरु हुने

Ad
  • Kalopati

काठमाडौं । छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लव भलिबल लिग प्रतियोगिता अन्तर्गत आज बुधवार पाँच खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित कभर्डहलमा बुधवार महिलातर्फ दुई र पुरुषमा तीन खेलहरु हुने भएका हुन् । महिलातर्फको पहिलो खेलमा नेपाल पुलिस क्लव र एभरेस्ट भलिबल क्लवबीच प्रतिष्पर्धा हुनेछ । खेल बिहान ८ बजे शुरु हुनेछ ।

दोस्रो खेलमा न्यु डायमण्ड स्पोर्ट्स क्लव र त्रिभूवन आर्मी क्लवबीच प्रतिष्पर्धा हुनेछ । खेल १० बजे शुरु हुनेछ । त्यस्तै पुरुषतर्फ पहिलो खेलमा नेपाल पुलिस क्लव र गण्डकी प्रदेशबीच प्रतिष्पर्धा हुनेछ । दुई टोलीबीचको खेल अपरान्ह १२ बजे शुरु हुनेछ । दोस्रो खेलमा हेल्प नेपाल र एपीएफ क्लवबीच २ बजे प्रतिष्पर्धा हुनेछ भने तेस्रो खेलमा त्रिभूवन आर्मी क्लवले र ढोरपाटन स्पोर्ट्स क्लवको प्रतिष्पर्धा गर्दैछ । खेल ४ बजे शुरु हुनेछ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: