‘देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन एमालेले जित्न जरुरी छ’ :अध्यक्ष ओली

Ad
  • Kalopati

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन नेकपा एमालेले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको बताएका छन् । गृहजिल्ला झापाको मेचीनगरमा आज अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेकपा एमालेको पक्षमा जनलहर आएको जिकिर गरे ।

उनले आज बिहान काठमाडौँबाट झापा आएका हुन् । झापाको भद्रपुर र हल्दिबारीको आमसभामा सहभागी बनेर उनले अपराह्न मेचीनगरको धुलाबारी आएका हुन् । मेचीनगर मुलुकको प्रवेशद्वार भएको हुँदा तीव्र विकासका लागि एमालेका उम्मेदवारलाई जिताउन उनले मेचीनगरबासीलाई आह्वान गरे । उनले हल्दिबारी गाउँपालिका–१ गोलधाप र भद्रपुर नगरपालिका–३ को ज्ञानचोकमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: