चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक जना पुरुषको मृत्यु

Ad
  • Kalopati

चितवन । चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । कुमरोज सामुदायिक वनमा आइतबार विहान ८ बजे घाँस काट्न गएका समयमा बाघको आक्रमणबाट मृत्यु भएको हो । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ बैरियाका ६५ वर्षीय नारायण दाहालको रहेका छन् ।

बाघले आक्रमण गरेको सूचना आएलगत्तै प्रहरी चौकी कुमरोज, इलाका प्रहरी कार्यालय खैरहनी, राष्ट्रिय निकुञ्ज तथा नेपाली सेनासमेतको टोलीले हात्तीसहित दाहालको खोजी गर्दा आक्रमण गरेको स्थलभन्दा एक किलोमिटर टाढा उनको शव भेटिएको थियो । घाँटीमा चोट लागेको र दाहिने खुट्टाको तिघ्राको भाग खाएको अवस्थामा दाहालको शव भेटिएको थियो । दाहालको शवलाई मुचुल्का उठाएर भरतपुर अस्पताल ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: