रिलायन्स लाइफको कन्फ्ररेन्स तथा मोटिभेशनल ट्रेनिङ सम्पन्न, ३ सय रिलायन्स साथीहरुको सहभागिता

Ad
  • Kalopati

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बुटबलमा रिलायन्स साथी कन्फ्ररेन्स तथा मोटिभेशनल ट्रेनिङ कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा वुटवल क्षेत्र अन्तर्गत रुपन्देही , पाल्पा, कपिलवस्तु ,प्यूठानका गरि ३ सय रिलायन्स साथीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको समउदघाटन गर्दै प्रमख कार्यकारी अधिकृत राकेश पोख्रेलले रिलायन्स साथीहरुलाई आभार व्यक्त गर्दै रिलायन्स साथीहरुको क्षमता अभिबृद्वि, बीमा बिक्री कला तथा ब्यतिmत्व बिकासका लागि कार्यक्रम आयोजना गरिएको र यस्ता प्रकारका कार्यक्रमहरु आगामी दिनहरुमा निरन्तर संचालन गर्दे जाने बताए । एक दशक भित्र नेपालीहरुको सर्बोकृष्ट रोजाईमा पर्ने कम्पनी रिलायन्स लाईफ इन्स्योरेन्स हुने बताए । कार्यक्रममा बीमा क्षेत्रका चर्चित मोटिभेशनल ट्रेनर बि। पी। रेग्मीको उत्कृष्ट मोटिभेशनल प्रस्तुती रहेको थियो।

क्षेत्रीय प्रबन्धक इन्द्र बिश्वकर्माको स्वागत मन्तब्य रहेको कार्यक्रममा कम्पनीका एजेन्सी सेल्स् हेड सूर्य प्रकाश गुप्ता र सन्दिप कसजुले रिलायन्स साथीहरुका सेवा सुविधा , सेल्स तथा मार्केटिङ सम्वन्धि कलाको विषयमा प्रस्तुतीकरण दिएका थिए । एमडिआरटी बिमल अधिकारी तथा सिनियर एजेन्सि मेनेजर शारदा खनालले अनुभव शेयर गरेका थिए भने कार्यक्रम संचालन बुटवल शाखाका शाखा प्रमुख प्रेम आर्चायले गरेका थिए ।

 

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: