रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा तीन जनाको मृत्यु

Ad
  • Kalopati

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित भित्री सडक खण्डमा रोकिराखेको ना. २ ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु. ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

तीनै जनाको घट्नास्थलमै मृत्यु भएको हो । मृतक तीनै जनाको शवलाई पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: