अन्तर्राष्ट्रिय संस्था इन्जाद्धारा पत्रकार न्यौपानेलाई एक लाख सहयोग

Ad
  • Kalopati

काठमाडौं  । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इन्जाले त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोराशिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रिय समाचार समिति राससका उपप्रमुख समाचारदाता नारायण न्यौपानेलाई रु एक लाख सहयोग गरेको छ ।

इन्जा एसियाका उपाध्यक्षसमेत रहेका पत्रकार न्यौपानेलाई उक्त रकम इन्जा ग्लोबलका सचिव दीपक रिजालले आज हस्तान्तरण गरेका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि गत बुधबार भर्ना भएका पत्रकार न्यौपानेको मुटुको शल्यक्रिया गरिएको थियो । इन्जाले विपद्मा परेका पत्रकारहरुलाई निरन्तर सहयोग गर्दै आएको इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइँटेलले बताए । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: