स्थानीय चुनावका लागि काँग्रेस बागमती प्रदेशले तोक्यो १३ जिल्लामा संयोजक

Ad
  • Kalopati

काठमाडौं ।  स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस बागमती प्रदेश समितिले जिल्लाहरुमा संयोजक तोकेको छ । पार्टीका उम्मेदवार तया गठबन्धनमा रहेका दलहसंग तालमेल गरिका उम्मेदवारलाई विजयी गराउन प्रदेशका १३ जिल्लामा संयोजक तोकेएका हो ।

नेपाली काँग्रेस बागमती प्रदेशका उसभापति चन्द्र महर्जनको संयोजकत्व एवं निर्देशनमा रहने गरी १३ जिल्लाका पालिकाहरुमा तोकिएका प्रदेश प्रतिनिधिहरूसँग समन्वयकारी भूमिका निर्वाह गर्न प्रदेशका पदाधिकारी एवं सदस्यहरुलाई जिल्ला संयोजक तोकिएको नेपाली काँग्रेस बागमती प्रदेशले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । कार्यसमितिका सभापति इन्द्रबहादुर बानियाँले पार्टी र तालमेल गरिएका दलहरूका उम्मेदवारलाई विजयी गराउन १३ जिल्लामा संयोजकहरूलाई जिम्मेवार प्रदान गरेका छन् ।

जिम्मेवारी तोकिएको अनुसार काँग्रेस बागमती प्रदेशले काभ्रेपलाञ्चोकबाट कञ्चनचन्द्र बादे, काठमाडौंबाट राजु श्रेष्ठ, चितवनबाट दीर्घमान श्रेष्ठ, ललितपुरबाट ऋषिराम घिमिरे, नुवाकोटबाट जीवन डंगोल, सिन्धुपाल्चोकबाट हरिशरण श्रेष्ठ र भक्तपुरबाट कृष्णलाल भँडेललाई जिल्ला संयोजकमा तोकेएको छ । त्यसैगरि मकवानपुरबाट निमा लामा, धादिङबाट सन्तबहादुर प्रजा, दोलखाबाट प्रभात तामाङ, रसुवाबाट लामाकार्पु तामाङ, सिन्धुलीबाट दीपेन्द्र आचार्य र रामेछापबाट भद्रा पराजुली भण्डारीलाई जिल्ला संयोजक तोकिएको उक्त जारी गरिएको विज्ञप्तिमा सूचितकृत गरिएको छ ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: