एसईईको परीक्षा शुक्रबारदेखि सुरु हुने, कति परीक्षार्थी हुँदै छन् सहभागी ?

Ad
  • Kalopati

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा ९एसईई को परीक्षा वैशाख ९ गते शुक्रबार देखि सुरु हुने भएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण दुई पटक सम्म एसईई आन्तरिक मूल्याङ्कनबाटै सम्पन्न गरिएको थियो ।

अहिले जिल्ला स्तरमा परीक्षाका केन्द्राध्यक्षलाई अभिमुखीकरण दिने कार्य भइरहेको छ । परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका सामग्री सम्बन्धित जिल्लामा पुर्याइसकिएको छ । यस वर्ष मुलुकभर दुई हजार सातवटा केन्द्रमा परीक्षा सञ्चालन हुने भएको छ ।

यस वर्ष पाँच लाख १४ हजार ७६० परीक्षार्थी सहभागी मध्ये जसमा नियमिततर्फ चार लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने भएका हुन्  । यसै वर्षदेखि मन्त्रालयले सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फ समग्रमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनै पर्ने व्यवस्था गरेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: