खोरमा परेर चितुवा नियन्त्रणमा

Ad
  • Kalopati

तनहुँ । तनहुँको भानु नगरपालिका–३ तुर्लुङकोटस्थित कुखुरा फार्म नजिक राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको छ । डिभिजन वन कार्यालयले एक हप्ता अगाडि राखेको खोरमा परेर आज बिहान भाले बयस्क चितुवा नियन्त्रणमा आएको हो ।

खोरमा परेको चितुवालाई उद्धार गरी स्थानान्तरणको तयारी गरिएको सवडिभिजन वन कार्यालय विमलनगरका प्रमुख सुरेश भुजेलले जानकारी दिए । उनका अनुसार उक्त चितुवा अन्दाजी आठ वर्षको छ । स्थानीयवासी रामबहादुर तामाङको कुखुराको फार्ममा चितुवाले आक्रमण गरेर कुखुरा मार्न थालेपछि वन कार्यालयले खोर राखेको थियो । “केही समयदेखि चितुवाले कुखुरा मार्न थालेपछि वन कार्यालयले खोर राखेको चितुवाको नियन्त्रण प्रयास गरेको थियो, आज बिहानै उक्त खोरमा चितुवा पयो”, भुजेलले भने ।

कार्यालयले हालसम्म १३ चितुवाको उद्धार गरेको जनाएको छ । केही वर्षयता तनहुँका विभिन्न भागमा चितुवाको आतङ्क छ । बस्ती छेउ आएर चितुवाले मानिसलाई आक्रमण गर्ने गरेको छ । साथै घरपालुवा जीवजन्तुमाथि पनि चितुवाको आक्रमण बढ्दो छ । चितुवाको त्रास बढेपछि वन कार्यालयले घरगोठ उज्यालो बनाउन र वस्तुलाई बचाउन गोठ बलियो निर्माण गर्न अनुरोध गर्दै आएको छ । वनजङ्गलमा पाइने जीवजन्तु मानिसले सिकार गरेर खाइदिने गरेका कारण पनि चितुवाले बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेको छ ।

विसं २०७४ फागुन १ गते पहिलोपटक तनहुँमा भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । त्यसयता चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा एघार बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणमा पर्ने बालबालिका १२ वर्ष उमेरसम्मका छन् । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: