प्रधानमन्त्रीसँग विमान दुर्घटनामा मृतकका आफन्तको भेट

Ad
  • Kalopati

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाराजगन्जस्थित शिक्षण अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट  गरेका छन्  ।

आज बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शीघ्र काम सम्पन्न गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न निर्देशन दिएका छन् । साथै प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो क्रममा प्रधानमन्त्रीले पहिचानका लागि राखिएका शवको निरीक्षण गर्नुका मृतकका आफन्तसँग भेटघाट गरे  । परिवारप्रति समवेदना प्रकट गर्दै प्रधानमन्त्रीले शव बुझाउने प्रक्रिया तीव्र बनाउन आफूले निर्देशन र आवश्यक सहयोगका लागि भनेको जानकारी दिए  ।

यही माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको थियो । सरकारले दुर्घटनाको छानबिनका लागि एक उच्चस्तरीय समितिसमेत गठन गरेको छ । समितिले काम सुरु गरिसकेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: