कञ्चनपुरमा चिसोबाट बच्न मुढा वितरण

Ad
  • Kalopati

कञ्चनपुरमा शीतलहरका कारण चिसो बढेकाले आगो ताप्न स्थानीय तहहरूले चोक–चोकमा मुढा उपलब्ध गराएका छन् । सामुदायिक वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा ती निकायले दाउरा र मुढाको व्यवस्था गराएका हुन् ।

चिसोबाट सबैभन्दा बढी विपन्न परिवार, बालबालिका र ज्येष्ठ नागरिकलाई असर परेको छ । चिसोबाट जोगाउन बजार क्षेत्रका चोक–चोकमा दाउरा र मुढाको व्यवस्था गरी आगो ताप्ने व्यवस्था मिलाइएको शुक्लाफाँटा नगरपालिका–११ का वडाध्यक्ष शेरबहादुर साउदले बताए  ।

निकुञ्ज कार्यालयसँग समन्वय गरी दुई टिपर दाउर र मुढा वितरण गरिएको उहाँको भनाइ थियो । ग्रामीण क्षेत्रमा सामुदायिक वनको सहयोगमा कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकाले पनि मुढा उपलब्ध गराई आगो ताप्ने व्यवस्था गराएका छन् ।

कृष्णपुरका व्यवसायी हरेन्द्र बोहराले चिसोबाट कोही पनि समस्यामा नपरुन् भनेर निःशुल्क ग्रामीण क्षेत्र र बजार क्षेत्रमा दाउरा वितरण गरेका  छन्  । “जनताको जीउधनको सुरक्षा गर्ने कार्य जनप्रतिनिधिको दायित्वभित्र पर्दछ”, शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले भने , चिसोबाट सर्वसाधारणलाई जोगाउनका लागि दाउरा र मुढा बाल्ने व्यवस्था गराएका हौँ ।”

बेदकोट नगरपालिका–९ का वडाध्यक्ष जनकबहादुर विष्टले आवश्यकता भएका ठाउँमा मागअनुसार आगो ताप्न बुढा वितरण गरिएको बताए  । यहाँ बिहानीको समयमा बाक्लो हुस्सु लाग्ने र दिउँसो शीतलहर चल्ने गरेको छ । चिसो बढेकै कारण जिल्लाका केही स्थानीय तहले एक साताका लागि विद्यालय बन्दसमेत गरेका छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: