आठ सदस्यीय मन्त्रिपरिषद् गठन : रवि लामिछाने गृहमन्त्री

Ad
  • Kalopati

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन् ।

मन्त्रिपरिषद्मा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पाएका छन् भने माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् ।

त्यस्तै मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: