‘मधेसका २२ जिल्ला बाहेक अरु कुनै पनि क्षेत्रबाट चुनाव लड्न तयार छु’ : नेता निधि

Ad
  • Kalopati

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेसका २२ जिल्ला बाहेकका कुनै पनि क्षेत्रबाट निर्वाचनमा भाग लिन आफू तयार रहेको बताएका छन् । क्षेत्रीय र जिल्ला कमिटीले सर्वसम्मत निर्णय गरे आफू पहाड र हिमालको क्षेत्रबाट चुनाव लड्न तयार रहेको उनले बताएका हुन् ।

जनकपुरधाममा आयोजित क्षेत्रस्तरीय कार्यकर्ता भेला तथा अन्तक्र्रियामा पूर्वउपसभापतिसमेत रहनुभएका नेता निधिले स्वयं समानुपातिक सांसदका रुपमा समेत संसद्मा प्रवेश गर्नसक्ने सम्भावना रहेको जानकारी गराएका हुन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेता निधिले, आफू अन्य क्षेत्रबाट चुनाव लडे पनि समानुपातिक सांसदका रुपमा सांसद भए पनि सहजरुपमा लिन धनुषा निर्वाचन क्षेत्र नं ३ का नेता कार्यकर्तालाई आग्रहसमेत गरे ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: