जापनमा एकै दिन २ लाख ५० हजार ४ सय ३ जनामा कोरोना सङक्रमण पुष्टी, दुई सय ५१ जनाको मृत्यु

Ad
  • Kalopati

काठमाडौं । जापानमा एकै दिनमा २ लाख ५० हजार ४ सय ३ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टी भएको छ । जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार मात्र २ लाखभन्दा बढि सङ्क्रमित पुष्टी भएको हो । यही अगष्ट ३ पछि यहाँ सबैभन्दा धेरै सङ्क्रमित देखिएका हुन् ।

अगष्ट ३ तारिखमा दुई लाख ४९ हजार ८३० जना सङ्क्रमित देखिएका थिए । सो सङ्ख्या निकै समयपछिको सबैभन्दा धेरै थियो । यहाँ कारोना भाइरसको नयाँ उपप्रजाति ‘बिए.५’ थप दू्रत गतिमा फैलिएको बताइएको छ । उक्त प्रजाति अन्य प्रजातिहरुका तुलनामा यो उपप्रजाति धेरै मात्रमा फैलिने प्रकृतिको रहेको बताइएको छ ।

बुधबार नै दुई सय ५१ जनाको ज्यान गएको पनि बताएका छन् । यहाँ पछिल्लो समयमा गम्भीर प्रकृतिका सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको पाइएको समाचारमा जनाइएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: