बिहिबार १५ दशमलव ४४ अंकले बढ्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

Ad
  • Kalopati

काठमाडौं । बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १५ दशमलव ४४ अंकले बढेर २१२७ दशमलव ४२ बिन्दुमा पुगेको हो ।

कुल २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार माथिको सेयर कारोबार भएको छ । यस्तै बिहिबार सेयर बजारमा राधी विद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेको हो ।

आज सबैभन्दा बढी कारोबार अरुण काबेली पावर लिमिटेडको भएको छ । यस कम्पनीको १७ करोड ९६ लाख ८६ हजार ६ सय १२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: