काठमाडौं महानगरले ३ प्रकारका वेष्टविन खरिद गरेर सहुलियतमा वितरण गर्ने

Ad
  • Kalopati

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘क्लिन दि सिटी’ अभियान चलाउन चालु आर्थिक वर्ष २०७९र८० बजेटमा १० लाख रुपैयाँ बजेट छुट्टाएको छ । महानगरले काठमाडौंको फोहोर व्यवस्थापन गर्नको लागि स्रोत मै फोहोर वर्गीकरण गर्ने नीतिगत व्यवस्था गरेको हो ।

बजेटमा उल्लेख भए अनुसार काठमाडौंले ३ प्रकारका वेष्टविन खरिद गरेर सहुलियतमा वितरण गर्ने छ । महानगरले सहुलियतमा वेष्टविन बाँड्नको लागि ३ करोड रुपैयाँ बजेट छुट्याएको हो ।

सरसफाइमा काम गर्ने महानगरका कर्मचारीलाई स्वास्थ्य बीमा गरिने छ । जसको लागि महानगरले ५० लाख रुपैयाँ बजेट छुट्टाएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: