५ दिन कैद र १५ लाखभन्दा बढि जरिवाना तोकिएका बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

Ad
  • Kalopati

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका वडा न.१ बस्ने ४८ वर्षिय श्याम बहादुर दर्जी पक्राउ परेका हुन् ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्यानमा पारी सानिमा बैंक लिमिटेडको नयाँबजार शाखा कार्यालयमा रहेको निजको खाताबाट रकम भुक्तान हुने भनि चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको भनि उनि माथी उजुरु परेको थियो । उक्त उजुरुको आधारमा उच्च अदालत पाटनले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ५ दिन कैद र १५ लाख १९ हजार ७ सय ५० जरिवाना सुनाएको थियो ।

उनलाई चन्द्रागिरी नगरपालिका बलम्बुबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: