झापाको चिया बगानमा भेटिए तीन किशोरी मृत अवस्थामा

Ad
  • Kalopati

विर्तामोड । झापाको कचनकवल गाउँपालिका–५, बेल्ले गाउँमा एउटै रुखमा झुण्डिएको अवस्थामा तीन जना किशोरी फेला परेका छन् । आइतबार बिहान ७ बजे स्थानीय चिया बगानमा रहेको एक रूखमा झुण्डिएको अवस्थामा १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेशको शव भेटिएको हो ।

गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीका अनुसार चिया बगानमा मजदुरी गर्दै आएका उनीहरु शनिबार ११ बजेदेखि बेपत्ता थिए । दुई जना गाईवस्तु बाँध्न प्रयोग हुने डोरी र एकजना सलमा झुण्डिएको अवस्थामा फेला परेको   गाउँपालिकाका अध्यक्षले बताए ।

उनले भने, ‘शनिबार बगान विदा थियो, तर उनीहरु त्यहाँ पुगेका रहेछन् । रातिसम्म खबर नआएपछि प्रहरीलाई खबर गरिएको थियो, बिहान बगानमा काम गर्नेले शव देखेछन्, घटनास्थल नेपाल–भारत सीमा क्षेत्रमा पर्छ’ ।

प्रहरीले तीनै जनाको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी गरेको छ । प्रारम्भिक छानबिनका क्रममा उनीहरुले आत्महत्या गरेको हुनसक्ने आशंका गरिए पनि कारण खुलेको छैन ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: