नेपाल राष्ट्र बैंकले अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने

Ad
  • Kalopati

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति सार्वजनिक गर्न लागेका हुन् । शुक्रबार नै सञ्चालक समितिको बैठक बसेको थियो ।

सो बैठकबाट मौद्रिक नीति पास गरेर सार्वजनिक गर्ने तय भएको हो । राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलका अनुसार मौद्रिक नीति सार्वजनिकका लागि (लाइभ)  प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको छ । विभिन्न टेलिभिजनमार्फत र बैंकको आधिकारिक वेबसाइट पोटलबाट समेत प्रत्यक्ष प्रसारण हुने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

मौद्रिक नीति सार्वजनिक भएपश्चात् भर्चुअल माध्यममार्फत साँझ ५ बजे पत्रकार सम्मेलन समेत गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: