भारतमा बिहिबार १७ हजार ८ सय ८२ मा कोरोना संक्रमण पुष्टी

Ad
  • Kalopati

काठमाडौं । बिहीबार भारतमा १७ हजार ८ सय ८२ जनामा  कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । बुधबारको तुलनामा बिहीबार नयाँ केसमा १७ प्रतिशतले कमी आएको हो । बुधबार २१ हजार ५६६ जना संक्रमित हुनुका साथै २६ जनाको ज्यान गएको थियो । पछिल्लो दिन भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ ।

विशेष गरि भारतका केरला, पश्चिम बंगाल, तमिलनाडु, महाराष्ट्र, असम, आन्ध्र प्रदेश, हिमाञ्चल प्रदेश, मिजोरम र अरूणाचल प्रदेशमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ । त्यस्तो भारतमा १६ हजार ७ सय १० जना निको हुँदा ३७ संक्रमितको मृत्यु भएको छ । भारतका महाराष्ट्र, तमिलनाडु, कर्नाटक, पश्चिम बंगाल, ओडिशा राज्यमा दैनिक १ हजार भन्दा बढी नयाँ संक्रमित फेला परिरहेका छन् ।

पश्चिम बंगालमा मात्रै पछिल्लो २४ घण्टामा २४८६ नयाँ संक्रमित फेला परेको र ६ जनाको ज्यान गएको भारतीय स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ । यस्तै महाराष्ट्रमा पछिल्लो २४ घन्टामा २२८९ नयाँ संक्रमित फेला परेका छन्। यस्तै महाराष्ट्रमा बिहिबार ६ जनाको मृत्यु भएको छ ।

भारतका असम, सिक्किम, हिमाञ्चल प्रदेश, नागाल्याण्ड, मेघालय र पश्चिम बंगालमा संक्रमण दर १० प्रतिशतभन्दा बढी छ । भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ । संक्रमितमध्ये हालसम्म ५ लाख २५ हजार ८७० जनाको मृत्यु भइसकेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: