नागरिकमा सार्वजनिक रुपमा आतंक फैलाएको भन्दै गभर्नरमाथि कांग्रेसको प्रश्न !

Ad
  • Kalopati

काठमाडौं । नेपाली कांग्रेसले नेपाल श्रीलंकाको बाटोमा जाँदैछ भनेर सार्वजनिक रुपमा आतंक फैलाएको भन्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रश्न उठाएको छ । बुधबार प्रतिनिधि सभामा विशेष समय लिएर कांग्रेसका तर्फबाट सांसद मीनबहादुर विश्वकर्माले गर्भनर आफैंले मुलुक श्रीलंकातिर जाँदैछ, श्रीलंकातिर जाँदैछ भनेर हिँडेको बताएका हुन् ।

उनले प्रश्न गरेका छन्, ‘एउटा देशको अर्थतन्त्र कमजोर हुँदा मित्र राष्ट्रले श्रीलंका हुन्छ, श्रीलंका हुन्छ भन्दा त्यो देशमा मानसम्मान हुन्छ वा हुन्न ? हाम्रो मित्रता कायम हुन्छ वा हुन्न ?’ एउटा देश संकटमा परेको बेला गिज्याउनु उपयुक्त नहुने भन्दै उनले यस्तो बोल्न बन्द गनुपर्ने बताएका छन् । गभर्नरले सल्लाहकार भएर सरकारलाई सहयोग गर्नुपर्नेमा सार्वजनिक मञ्चहरुबाट श्रीलंका हुन्छ, अब टाट पल्टिन्छ भनेर आतंक फैलाएको उनको आरोप छ ।

कांग्रेस सांसद विश्वकर्माले भने, ‘गर्भनर जस्तो जिम्मेवार व्यक्तिलाई यस्तो नबोल्न र नागरिकहलाई आतंकित नगराउन रुलिङ हुनुपर्दछ ।’ भूकम्प गएको बेलामा सडकमा भूकम्प आयो भूकम्प आयो भन्दा नागरिकहरुलाई थुन्ने गरिएको स्मरण गर्दै उनले अहिले गभर्नरले जनतालाई आतंकित पार्दा राज्य चुप लागेर बस्न नहुने बताएका छन् । ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: