निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ कायम

Ad
  • Kalopati

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरेको हो । सोमबार राति १२ बजेदेखि लागु हुने गरि मुल्य वृद्धि गरेको हो । मूल्य वृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० पुगेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: