बिहिबार ७४ दशमलव ९३ अंकले बढ्यो नेप्से परिसूचक, हेर्नुहोस् कतिको भयो कारोबार ?

Ad
  • Kalopati

काठमाडौं । बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ७४।९३ अंकले बढेर २०३७।६४ बिन्दुमा पुगेको हो । कुल २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार माथिको सेयर कारोबार भएको छ ।

यस्तै बिहिबारको सेयर बजारमा ग्लोबल आइएई बैंक डेभेन्चर २०८६र८७ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेको हो । यस्तै आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ९ करोड ९५ लाख २० हजार ६ सय ३० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: