मोरङका उद्योगी र मजदुरले मागे अर्थमन्त्रीको राजीनामा

Ad
  • Kalopati

विराटनगर । मोरङका उद्योगी र मजदुरले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । बिहीबार प्रदर्शन गरेका उद्योगी र मजदुरहरुले शर्माको राजीनामा माग गरेका हुन् । यसअघि उद्योगीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर भन्सार नीति परिवर्तन गर्न आग्रह गरेका थिए । शर्माले आश्वासन दिए पनि माग सम्बोधन नभएपछि बिहीबारबाट आन्दोलन सुरु गरेका हुन् ।

स्यानेटरी प्याड, वनस्पति तेल र एमएस वायरमा आधारित स्टील उद्योगको संरक्षणको माग गर्दै अर्थमन्त्रीको राजीनामा मागेको मोरङका व्यापार संघका अध्यक्ष नविन रिजालले बताए । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा स्यानेटरी प्याडको आयातमा लाग्दै आएको १५ प्रतिशतको भन्सार महशुललाई ९० प्रतिशत कटौती गरी १.५ प्रतिशत कायम गरेको घोषणा गरेका थिए ।  तयारी वस्तुमा १.५ प्रतिशत कायम गरेपनि कच्चा पदार्थमा साढे ७ प्रतिशत भन्सार महशुल कायम गरेको व्यावसायीले गुनासो छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: