लिटरकै १ सय ९९ पुग्यो पेट्रोलको भाउ ! २७ रुपैयाँको बढोत्तरी हुँदा हेर्नुहोस् डिजल र मट्टितेलको मुल्य कति ?

Ad
  • Kalopati

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलको मुल्य प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मटिट्लेतको मुल्य प्रतिलिटर २७ रुपैयाँले वृद्धि गरेको हो । आइतबार राति १२ बजेदेखि लागु हुने गरि मुल्य वृद्धि गरेको हो ।  पेट्रोलको मूल्य २१ रूपैयाँले वृद्धि गरेर प्रतिलिटर १९९ रुपैयाँ पुर्याएको छ ।

त्यसैगरि डिजल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २७ ले बढेर १९२ रुपैयाँ पुर्याएको छ ।  निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि भएको छ । एकैपटक यति धेरै प्रतिलिटर मूल्य वृद्धि भएको यो पहिला पटक हो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: