कृषि मन्त्री यादव भन्छन्-‘असारको अन्तिमसम्म मल आइपुग्ने सम्भावना छ’

Ad
  • Kalopati

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले असारको अन्तिमसम्म आवश्यक मल नेपाल आइपुग्ने सम्भावना रहेको बताएका छन् । नेकपा एमालेले सोमबार प्रतिनिधिसभामा प्रस्तुत गरेको मल अभाव सम्बन्धी प्रस्तावमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले मल ल्याउने ग्यारेन्टी गर्न नसकेको कुरा गरेको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् । मन्त्री यादवले सरकारमा जो आएपनि नेपालमा लामो समयदेखि मल अभावको समस्या झेल्दै आइरहेको भन्दै वर्तमान सरकारले दीर्घकालीन समाधान गर्नेतर्फ ध्यान दिएको पनि बताएका छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: