काठमाडौं । बजेट पारित भएपछी अर्थमन्त्री परिवर्तन गर्ने पूर्व निर्धारित सहमती अनुसार अर्थमन्त्रीबाट जनार्दन शर्मा हट्ने भएका छन् । अवको अर्थमन्त्री काङ्ग्रेसको भागमा परेको बुझिएको छ ।
त्यस्तै अर्थमन्त्रालय कांग्रेसले लिएपछि पुनर्गठनमा गृह माओवादीको भागमा पर्ने भएको छ । माओवादीबाट पनि उपप्रधानमन्त्रीसहित नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउन लागिएको प्रधानमन्त्री स्रोतले जनाएको छ । यद्यपि यसको पुष्टि भने भएको छैन ।