‘कृषि समृद्धिको मुख्य आधार भन्नेमा सबै सहमत छौँ, तर मलखाद र बीउबिजन समयमा दिनसकेका छैनौँ’ : मुख्यमन्त्री राउत

Ad
  • Kalopati

महोत्तरी । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले समृद्धिको मुख्य आधार कृषि भएको बताएका छन् । महोत्तरी चेम्बर अफ कमर्सले शनिबार साँझ बर्दिबासमा आयोजना गरेको ‘युवा उद्यमशीलतामा स्थानीय सरकारको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषिलाई मुख्य प्राथमिकतामा राखी समृद्धिको बाटो फराकिलो बनाउन आवश्यक छ भनेका हुन् ।

समयमा मलखाद, बीउबिजन र सिँचाइको सुविधा पु¥याउन सके किसानको जीवनस्तरमा सुधार र मुलुकको आर्थिक उन्नतिमा टेवा पुग्ने चर्चा गर्दै उनले मलखाद समयमा नपाएर किसानले खेतीका बेला बर्सेनि रुने अवस्था दुःखदायी रहेको छ भने ।  “कृषि समृद्धिको मुख्य आधार भन्ने कुरामा सबै सहमत छौँ, तर मलखाद, बीउबिजन समयमा किसानलाई दिनसकेका छैनौँ”, मुख्यमन्त्री राउतले भने , “सङ्घीय सरकारले समयमा कृषि सामग्री उपलब्ध गराउन नसकेपछि अब यसको आपूर्तिको जिम्मा प्रदेश सरकारलाई दिनपर्छ ।”

कहिल्यै समयमा मलखादको प्रबन्ध गर्न नसक्ने र त्यो अभिभारा विकेन्द्रित पनि नगर्ने सङ्घीय सरकारको अड्डीले कृृषि सामग्रीको आवश्यकता समयमा परिपूर्ति हुन नसकेको उनको भनाइ छ । मुख्यमन्त्री राउतले मुलुकमै कृषि उद्योग स्थापनाका लागि लगानी बढाउने वातावरण सरकारले बनाउनुपर्ने उल्लेख गरे ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: