मुलुकलाई बिजुलीमा आत्मनिर्भर बनाउन ठूला जलाशय आयोजना आफैँले बनाउन सांसदको माग

Ad
  • Kalopati

काठमाडौं । सांसदहरुले ठूला जलाशाययुक्त आयोजना सरकारले आफ्नै बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गोर्कणराज विष्टले ठूलाठूला जलाशय आयोजना सरकारले आफैँ बनाएर मुलुकलाई बिजुलीमा आत्मनिर्भर बनाउन माग गरे । लामो समयसम्म वर्षायाम र सुक्खायाममा बिजुली भारतबाट आयात गर्नुपर्ने अवस्था रहेकाले बिजुलीको आवश्कता पूरा गर्न जलाशययुक्त आयोजना सरकार आफैँले बनाउनुपर्ने उनको भनाइ थियो ।

११२ वर्षमा दुई हजार १७१ मेगावाट मात्र बिजुली उत्पादन गरेको भन्दै उनले भने , “११२ वर्षमा हामीले दुई १७१ मेगावाट मात्र बिजुली उत्पादन गरेका छौँ । ११२ वर्षको अवधिमा हामीले कुरा मात्र गरौँ । कतै विकासको गफ गर्दागर्दै हामी समाप्त हुनेवाला त छैनौँ  ? ” उनले पश्चिम सेती र बूढीगण्डकीजस्ता ठूला आयोजना बेवारिसे बनेको भन्दै सरकारले आफैँ बनाउनका लागि अग्रसर हुनुपर्ने बताए । “बाह्र वर्ष अगाडि मैले पश्चिम सेती मैले विदेशी कम्पनीको हातबाट सरकारको हातमा ल्याएको थिए ।

तर १२ वर्ष जुन ढङ्गले अगाडि बढ्नुपर्ने त्यो अहिले बेवारिसे अवस्थामा रहेको छ”, उनले भने , “बाह्र वर्ष अगाडि राज्यको स्वामित्वमा ल्याएको पश्चिम सेती बन्नुपर्ने हो तर अहिलेसम्म कुनै पनि प्रगति भएको छैन ।  कतै यसका पछाडि अवाञ्छिन तत्व त जोडिएको छैन ! ” यस्तै सांसद विष्टले बूढीगण्डकी आयोजना निर्माणमा जान नसकेको भन्दै बूढीगण्डकी आयोजना कति समयमा कुन मोडलमा बन्ने हो स्पष्ट हुनुपर्ने सरकारसँग माग गरे । उनले १२ महिना कृषियोग्य जमिनमा सिँचाइ पु¥याउनसके भारतबाट खाद्यपदार्थ ३० प्रतिशत कटौती गर्नसक्ने भनाइ राखे ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: