सेल्टर नेपालको आयोजनमा कैदीबन्दीका लागि फुटबल सम्बन्धि कार्यक्रम हुने

Ad
  • Kalopati

काठमाडौं । सेल्टर नेपालको आयोजनमा केन्द्रीय कारागारभित्र रहेका कैदीबन्दीका लागि फुटबलसम्बन्धि कार्यक्रम हुने भएको छ । सेल्टर नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रिजन फुटबल रिहाबीलिटेसन थु्र फुटबल नामक कार्यक्रम सञ्चालन गरिने जानकारी दिइयो ।

आयोजकका अध्यक्ष खुश्बु ओलीले एसियन फुटबल कन्फेडेरेसन एएफसी र अखिल नेपाल फुटबल सङ्घ एन्फासँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिए । कारागारका कैदीबन्दीले सजाय भुक्तान गरिसकेपछि पुन गलत बाटोमा नजाउन र उनीहरुमा सामाजिककार्य तथा देशप्रति योगदान गर्ने भावना जगाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष ओलीले बताए । उक्त कार्यक्रम यही जेठ २२ गतेदेखि सुरु हुनेछ । यो कार्यक्रम एक वर्षभित्र दुई चरणमा सञ्चालन हुनेछन् ।

यो कार्यक्रमबाट एक वर्षभित्र कूल ४८ खेलाडी तथा ३२ जना प्रशिक्षक र रेफ्री प्रशिक्षण गर्ने कार्यक्रम छ । पहिलोचरण जुनदेखि नोभेम्बर ३० तारिखसम्म सञ्चालन हुनेछ । यस चरणमा २४ खेलाडी तथा १६ प्रशिक्षक र रेफ्री उत्पादन गर्ने योजना रहेको छ । यो प्रशिक्षणका लागि प्राविधिक सहयोगमा केन्द्रीय कारागार प्रशासनले छनोट गर्नेछ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: