सम्पर्कविहीन विमान मानापाथी हिमालको फेदीमा रहेको पुष्टि

Ad
  • Kalopati

पोखरा । आइतबार विहान पोखरादेखि मुस्ताङ जाने क्रममा सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा भेटिएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेका हुन् ।

उनले भने, ‘त्यहाँ जहाज दुर्घटना भएको सूचनापछि सबै फौजलाई त्यसतर्फ केन्द्रित गराइएको छ, यद्यपि टोली पुगिसकेको छैन ।’ उनका अनुसार नेपाली सेनाको हवाइ फौज कोभाङ भन्ने स्थानमा छ, अहिले स्थानीयले दुर्घटना भएको भनेको स्थानदेखि यो कम्तीमा तीन घन्टाको दूरीमा पर्छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: